बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

images
२०८२ फाल्गुण ४ गते, सोमवार
२०८२ फाल्गुण ४ गते, सोमवार
  • काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्।

    images

    प्रसाईंलाई प्रहरीले सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।

    images

    यसअघि माघ २३ मा पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए। त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई लिएर साइबर ब्यूरोले अनुसन्धान गरेको थियो। त्यसअघि पनि उनलाई प्रहरीले पोखराबाट माघ ५ गते गरेर काठमाडौं ल्याएको थियो। त्यसपछि बयान लिएर उनलाई छाडिएको थियो।

    प्रसाईंले निर्वाचन विरोधी गतिविधि चलाएपछि पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। प्रसाईंको सचिवालयले भने पक्राउको विरोध गर्दै आपत्ति जनाएको छ।

    उनका प्रमुख स्वकीय सचिव सुशील बरालले विज्ञप्ति जारी गर्दै सुतिरहेको अवस्थामा प्रहरीले धरपकड गरी पक्राउ गरेको घटनाप्रति घोर आपत्ति जनाएका हुन्। 

    `कुनै पनि नागरिकलाई कानुनी प्रक्रिया भन्दा बाहिर गएर, रातको समयमा व्यक्तिगत स्वतन्त्रता र मानव अधिकारको ठाडो उल्लंघन हुने गरी गरिएको यो गिरफ्तारी पूर्णतः प्रतिशोधपूर्ण र अलोकतान्त्रिक छ।´ विज्ञप्तिमा भनिएको छ। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend