नेपाली सेनाले २६३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ।
सेनाले काठमाडौंको टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा आफ्नो स्थापना दिवस मनाएको हो।
सेनाले महाशिवरात्रि पर्व तथा सेना दिवसको अवसरमा आयोजना गरेको विशेष समारोहमा सैन्य परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो।
सो समारोहमा नेपाली सेनाका दुई हजार ५२४ जना सैनिकहरुले विशेष कला प्रदर्शनी, मार्चपास, हेलिकोप्टरबाट पुष्पगुच्छा अर्पण गर्नुका साथै राइफल र तोपबाट महाशिवरात्री बढाइँ तथा कवाज प्रस्तुत गरेका थिए।

त्यसैगरी सैन्य टोलिले विभिन्न रणकौशल, मार्चपास तथा परम्परागत वेशभुषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो।
नेपाली सेनाले शान्ति मिसनमा प्रयोग गर्दै आएको विभिन्न सवारी साधन, उपकरण र हतियार समेत प्रदर्शन गरिएको थियो।
टुँडिखेलमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशिला कार्की र नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको सहभागिता थियो।




