बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

वीर अस्पतालको बीमाको औषधि सेवा कटौती, तीन महिनाका लागि दिइन्थ्यो अब एक महिना मात्रै

वीर अस्पतालको बीमाको औषधि सेवा कटौती, तीन महिनाका लागि दिइन्थ्यो अब एक महिना मात्रै

images
२०८२ फाल्गुण १ गते, शुक्रवार
२०८२ फाल्गुण १ गते, शुक्रवार
  • काठमाडौं। वीर अस्पतालले स्वास्थ्य बीमा सेवाबाट उपलब्ध गराउँदै आएका लामो समयसम्म सेवन गर्नु पर्ने दीर्घरोगसम्बन्धी औषधि वितरण व्यवस्थामा अस्थायी परिवर्तन गरेको छ।

    images

    अस्पताल प्रशासनद्वारा जारी सूचनाअनुसार लामो समयसम्म सेवन गर्नुपर्ने औषधिहरू यसअघि तीन महिनाका लागि उपलब्ध गराइँदै आएकोमा अब विशेष कारणवश २०८२ फागुन १ गतेदेखि अर्को व्यवस्था नभएसम्म एक महिनाका लागि मात्र उपलब्ध गराइनेछ।

    images

    २०८२/१०/२९ गतेको निर्णयअनुसार बीमित सदस्यहरूलाई एक महिनाका लागि मात्र औषधि उपलब्ध गराउने व्यवस्था लागू गरिएको अस्पतालले स्पष्ट पारेको छ।

    यस निर्णयबाट सेवाग्राहीमा पर्न सक्ने असुविधाप्रति अस्पतालले क्षमायाचना समेत गरेको छ। अस्पताल प्रशासनले सम्बन्धित सबै सेवाग्राहीलाई उक्त व्यवस्था अनुसार औषधि लिन अनुरोध गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend