बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै कांग्रेस

चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै कांग्रेस

images
२०८२ फाल्गुण १ गते, शुक्रवार
२०८२ फाल्गुण १ गते, शुक्रवार
  • काठमाडौँ। नेपाली कांग्रेसले चुनाव केन्द्रित प्रतिज्ञापत्र आगामी आइतबार सार्वजनिक गर्ने भएको छ।

    images

    फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राखेर पार्टीले आइतबार प्रतिज्ञापत्र सार्वजनिक गर्ने जनाएको हो।

    images

    पार्टी सभापति गगनकुमार थापाले पार्टीको घोषणापत्र नभनी यो पाँच वर्ष सरकार चलाउने योजनासहितको प्रतिज्ञा पत्र हुने बताएका छन्। पार्टीले समग्र क्षेत्रलाई सम्बोधन गर्ने गरी प्रतिज्ञा पत्र बनाउने क्रम अन्तिम चरणमा पुगेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

    उक्त प्रतिज्ञा पत्र पार्टी कार्यालय बीपीनगर सानेपामा आइतबार अर्थात् फागुन ३ गते दिउँसो २ बजे सार्वजनिक गरिने विज्ञप्ति जारी गरी जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend