काठमाडौं। झापाबाट फर्किंदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न भन्दै दुर्गा प्रसाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।
निषेधाज्ञाका बाबदुद प्रसाईँ झापाबाट फर्किँदै गरेका पूर्वराजा शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थलको गेटमा समर्थकसहित पुगेका हुन्।
काठमाडौँ प्रशासनले विमानस्थल आसपास निषेधाज्ञा जारी गरेर सुरक्षा व्यवस्था कडा बनाए पनि राजावादीहरू भेला भएका हुन्।



