काठमाडौं। फागुनकाे पहिलाे दिन आज देशका विभिन्न सहरकाे तापक्रम बढ्ने अनुमान गरिएको छ।
जल तथा माैसम पूर्वानुमान महाशाखाले जनकपुरकाे तापक्रम दिउँसो २९ डिग्री सेल्सियससम्म पुग्नसक्ने अनुमान गरेकाे छ।
बिहीबार अधिक्तम २७.८ मापन भएको साे स्थानकाे तापक्रम शुक्रबार दिउँसो अधिक्तम २७ देखि २९ डिग्री पुग्नसक्ने महाशाखाकाे पूर्वानुमान छ।
यस्तै काठमाडौंकाे तापक्रम पनि आज बढ्ने महाशाखाले पूर्वानुमान गरेकाे छ। काठमाडौंमा दिउँसो अधिक्तम तापक्रम २० देखि २२ डिग्री पुग्नसक्नेछ।
बिहीबार साे तापक्रम २१ डिग्री मापन भएको थियाे। माघकाे अन्तिम दिन बिहीबार झापाकाे चन्द्रगढीकाे तापक्रम सबैभन्दा बढी २७. ८ डिग्री सेल्सियस रह्याे।



