बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

रास्वपालाई झड्का, रवि लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले छाडे पार्टी

रास्वपालाई झड्का, रवि लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले छाडे पार्टी

images
२०८२ माघ २९ गते, बिहिवार
२०८२ माघ २९ गते, बिहिवार
  • काठमाडौँ। प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई झड्का लागेको छ।

    images

    नीति र थिति बिना नै पार्टी चलिरहेको भन्दै रास्वपा छाड्नेको लहर चलिरहेका बेलामा रास्वपा सभापति रवि लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले पार्टीबाट राजीनामा दिएका छन्। उनको यो राजीनामाले पार्टीलाई ठूलो धक्का लागेको छ।

    images

    रास्वपाका एक नेताका अनुसार राणाको यो राजीनामाले पार्टी छाड्न खुट्टा उचालेकाहरूलाई थप बल पुगेको छ। राणाले राजीनामा पत्र नै सार्वजनिकसमेत गरेका छन्। 

    उनको राजीनामा पत्रमा आन्तरिक लोकतन्त्र र सुशासनको विषयमा बहस भए पनि पार्टी केन्द्रले ध्यान नदिएको उल्लेख गरिएको छ। ०७९ को निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहेका राणााले पार्टीभित्रको निर्वाचनमा आर्थिक अनियमितता भएको आरोपसमेत लगाएका छन्।

    उनले पार्टीभित्रको प्राइमरी चुनावमै आर्थिक अपचलन भएको आरोप लगाएका छन्। उनले प्राइमरी चुनावमा सधैँ ५० प्रतिशत चलखेलको बाटो राखिएको उल्लेख गरेका छन्।

    राणाले पार्टी केन्द्र शुरूआतदेखि नै आफ्नो अनुकूल संगठन र सांगठनिक संरचना बनाउनेमा मात्रै केन्द्रित भएको देखिएको बताएका छन्।

    उनले एक हजार रुपैयाँ शुल्कबाट तीन सय रुपैयाँ पालिकामा आउने भने पनि अहिलेसम्म नआएको तथा पार्टी स्थापनाकालमा गरिएको वाचा 'बेथितिको अन्त्य थितिको थालनी' ठ्याक्कै उल्टो भएर 'थितिको अन्त्य बेथितिको थालनी' भएकोसमेत उल्लेख गरेका छन्।

    उनले केन्द्रमा बसेका पदाधिकारी तथा केन्द्रीय सदस्य अधिकांश यो बेथितिको साझेदार बनेकासमेत बताएका छन्। उनले आर्थिक पारदर्शिता नारामा मात्रै सीमित रहेकोसमेत बताएका छन्।

    राणाले अहिले विशेष परिस्थितिको नाममा बेथिति संस्थागत गर्दै गर्दा भोलि यही कुरा सरुवा, बढुवा, नियुक्तिमा हुँदैन भनेर आम नागरिकले कसरी विश्वास गर्ने? भनेर प्रश्न गर्दै आफूले यसको विश्वास नगर्ने र अन्धभक्ति पनि नगर्ने उल्लेख गर्दै राजीनामा दिएको उल्लेख गरेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend