बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सांसदवापत पाउने सेवासुविधा जनताको सेवामा लगाउने उम्मेदवार दवाडीको घोषणा

सांसदवापत पाउने सेवासुविधा जनताको सेवामा लगाउने उम्मेदवार दवाडीको घोषणा

images
२०८२ माघ २९ गते, बिहिवार
२०८२ माघ २९ गते, बिहिवार
  • गोरखा। नेपाली कांग्रेसको तर्फबाट गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाशचन्द्र दवाडीले सांसद हुँदा पाउने सेवा सुविधा जनताको सेवामा लगाउने घोषणा गरेका छन् । 

    images

    चुनाव प्रचारप्रसारका क्रममा गृहजिल्ला गोरखाको क्षेत्र नं २ मा रहेका उम्मेदवार दवाडीले आफूले पाउने सेवा सुविधा जिल्लाकै गरिब, विपन्न नागरिकको सेवामा लगाउने घोषणा गरेका हुन् । 

    images

    यसअघि विस २०७४ सालमा गोरखा क्षेत्र नं २ प्रदेश (ख)बाट गण्डकी प्रदेशको सांसद निर्वाचित हुँदा दवाडीले पाउने सबै तलब तथा सेवा सुविधा जनताको सेवामा लगाएका थिए । “मैले गोरखा क्षेत्र नं २ का जनताको मर्म र भावना बुझेको छु, मैले पाउनुपर्ने सबै सेवा सुविधा जनताकै सेवामा लगाउँछु,’– दवाडीले भने । 

    प्रतिनिधिसभा सदस्यका उम्मेदवार दवाडीले आफू भ्रष्टाचार नगर्ने र भ्रष्टचार हुन नदिन प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । उनले गोरखाको विकासका लागि निती बनाएरै अगाडि बढ्ने बताए । दवाडीले आफ्नो पार्टी सरकारमा रहेको बेलामा सुरु गरिएको स्वास्थ्य विमाको कार्यक्रमलाई थप प्रभावकारी बनाएर अगाडि बढ्ने बताएका छन् ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend