बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

झापा ५ को कांग्रेस उम्मेदवार मन्धरा भन्छिन् - म मिडियामा कम र जनताको घरदैलोमा सधैँ पुगिरहेकी छु

झापा ५ को कांग्रेस उम्मेदवार मन्धरा भन्छिन् - म मिडियामा कम र जनताको घरदैलोमा सधैँ पुगिरहेकी छु

images
२०८२ माघ २८ गते, बुधवार
२०८२ माघ २८ गते, बुधवार
  • झापा । झापा ५ की नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले आफू यही क्षेत्रको स्थानीय भएको र सबै स्थानीयको गुनासो सुनेर काम गरेकाले जित्ने दाबी गरेकी छिन् । 

    images

    सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले स्थानीय तहमा समाजसेवा गर्दै आएको र बालबालिकाको क्षेत्रमा काम गर्दै आएकाले स्थानीयहरूको विश्वास रहेको बताइन् । 

    images

    उनले भनिन्, 'म यहीँको स्थानीय हो । मेरो क्षेत्रमा मैले स्थानीयहरूको समस्या र गुनासो दुवै सुनेर काम गरेकी छु। बालबालिकाको क्षेत्रमा पनि विशेष काम गर्दै आएकीले यहाँ मलाई सबैले चिन्नुहुन्छ। मतदाता नै मेरो परिवार हो । भोट यसपालि मलाई नै दिनुहुन्छ । 

    उनले  आफू मिडियामा कम आए पनि जनताको घरदैलोमा सधैं पुग्ने गरेको बताइन् । उनले भनिन्, 'म मिडियामा कम र जनताको घरदैलोमा सधैँ पुगिरहेकी छु। त्यसकारण मलाई उहाँहरूको मतप्रति विश्वास छ।'

    झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता वालेन्द्र साह बालेन पनि उम्मेदवार रहँदा उनीहरूका मात्र चर्चा मिडियामा भएकोप्रति चिमरियालाई कुनै गुनासो नभएको हो ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend