बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

आर्या फर्माकाे एन्टिबायोटिक `सुप्रामाेक्स सीभी´ बिक्रीमा राेक

आर्या फर्माकाे एन्टिबायोटिक `सुप्रामाेक्स सीभी´ बिक्रीमा राेक

images
२०८२ माघ २८ गते, बुधवार
२०८२ माघ २८ गते, बुधवार
  • काठमाडौं। औषधि व्यवस्था विभागले बारास्थित आर्या फार्मा ल्याबकाे एक औषधि बिक्रीवितरणमा रोक लगाएको छ।

    images

    साे फर्माद्वारा उत्पादित सुप्रामाेक्स सीभी नामक एमाेक्सिसीलीन ट्याब्लेटकाे ब्याच नम्बर(FSBD12016) काे विक्री वितरणमा राेक लगाईएकाे हाे।

    images

    साे ब्याचकाे औषधि राष्ट्रिय औसधि प्रयाेगशालामा परीक्षण गर्दा न्यून गुणस्तरकाे पाइएकाे विभागले जनाएको छ।

    सुप्रामाेक्स टाइफाइड, निमाेनिया लगायतका  ब्याक्टेरियल संक्रमणजन्य राेगकाे उपचारमा प्रयाेग हुने एन्टिबायोटिक हाे।

    राेक लगाइएकाे औषधि बजारबाट तत्काल फिर्ता गर्न कम्पनीलाई विभागले निर्देशन दिएकाे छ। साथै उक्त औषधि सिफारिस तथा प्रयाेग नगर्न समेत विभागले सबैमा अनुराेध गरेकाे छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend