काठमाडौं। माघ महिना नसकिँदै तराईका विभिन्न शहरमा गर्मी सुरु भएको छ।
ती स्थानकाे तापक्रम २७ डिग्री सेल्सियस नाघेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाकाे रेकर्ड छ। महाशाखाका अनुसार माघ २७ मंगलबार झापाकाे चन्द्रगढीकाे अधिक्तम तापक्रम २७.३ मापन भएको छ।
यस्तै धनगढी, नेपागञ्ज, भैरहवा, सिमरा, जनकपुर र बिराटनगरकाे अधिक्तम तापक्रम २५ देखि २६.९ डिग्रीसम्म पुगेकाे छ।
काठमाडौंमा समेत पछिल्लो साता अधिक्तम र न्यूनतम दुवै तापक्रम बढेकाे छ। बुधवार काठमाडौंकाे अधिक्तम तापक्रम २१ डिग्री सेल्सियससम्म पुग्नसक्ने विभागकाे पूर्वानुमान छ।



