बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

मधेसको माहोलले कांग्रेसले चुनाव जित्ने बताइसकेको छ : गगन थापा

मधेसको माहोलले कांग्रेसले चुनाव जित्ने बताइसकेको छ : गगन थापा

images
२०८२ माघ २७ गते, मंगलवार
२०८२ माघ २७ गते, मंगलवार
  • सिराहा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जेन-जी विद्रोहले अहिलेको चुनाव सम्भव भएको बताएका छन् ।  सिराहाको धनगढीमाइ नगरपालिकाको बुद्धनगरमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले मधेसमा कांग्रेसले चुनाव जित्ने यहाँको माहोलले बताइसकेको जिकिर गरे । 

    images

    उनले भने, 'मलाई  तपाईंहरूले विश्वास गरेर  बोलाउनु भयो । यहाँको माहोल देख्दा कांग्रेसले जित्नेछ भन्ने आशा लिएको छु। जिताएर पठाउनु हुन अनुरोध छ ।' 

    images

    थापाले आफूहरूले चाहेको चुनाव दुई वर्षपछि भए पनि अब चुनावबाट कुनै प्रकारले  पछाडि फर्कन नमिल्ने बताउँदै चुनावका लागि कांग्रेस तयारी अवस्थामा बसेको बताए ।

    'हामीले त चुनाव २ वर्षपछि आउला भन्ने सोचेका थियौँ तर जेन-जीहरूले विद्रोह गरिदिनुभयो र सुशासन खोज्न थाल्नुभयो', उनले भने, 'यसले गर्दा चुनाव चाँडै आयो । त्यसमा कांग्रेसले चुनावको स्वागत गरेको छ । नयाँ नेतृत्व छान्न तयार छ । भोट तपाईंहरूकै हातमा छ । जिताउनु हुन्छ भन्ने आशा लिएको छु।'

    सभापति थापाले आज मधेसको सप्तरीको हनुमान नगर,  रुपनी, कदमचोक तथा सिराहाको लहान, जिरो माइल र गोलबजारमा सम्बोधन गरेका थिए । यसअघि थापाले सुनसरी निर्वाचन क्षेत्र नम्बर २ झुम्कामा मंगलबार नेताकार्यकर्तालाई सम्बोधन गरेका थिए ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend