बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

रास्वपाका नेता वलीसहित तीन जना कांग्रेस प्रवेश

रास्वपाका नेता वलीसहित तीन जना कांग्रेस प्रवेश

images
२०८२ माघ २७ गते, मंगलवार
२०८२ माघ २७ गते, मंगलवार
  • रुकुम। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–११ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापति नवराज वली नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    images

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका उम्मेदवार राजु केसी सहितको घरदैलो अभियानका क्रममा काफलबोटमा आयोजित कार्यक्रममा वलीसहित तीन जना नेता कांग्रेसमा प्रवेश गरेका हुन्।

    images

    कांग्रेसमा प्रवेश गर्नेमा रास्वपाका वडा सभापति नवराज वलीसँगै नेपाल कम्युनिष्ट पार्टीका लोकबहादुर खड्का र तिलक रोकाय रहेका छन्। नवप्रवेशी तीनै जनालाई उम्मेदवार केसीले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेको नेपाली कांग्रेस सानीभेरी गाउँपालिकाका उपसभापति सम्राट क्षेत्रीले जानकारी दिए ।

    पार्टी प्रवेशपछि नवप्रवेशी वडा सभापति नवराज वलीले जनताको अपेक्षा अनुसार काम गर्ने सक्षम र जिम्मेवार नेतृत्व आवश्यक रहेको भन्दै आफूले नेपाली कांग्रेस रोजेको बताए । उनले विकास, सुशासन र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि कांग्रेस नै उपयुक्त शक्ति रहेको उल्लेख गरे ।

    उनीहरूले आगामी निर्वाचनमा कांग्रेस उम्मेदवारलाई विजयी गराउन आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार केसीले विभिन्न दल परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने क्रम बढ्दै गएको बताउँदै यसले कांग्रेसप्रतिको जनविश्वास अझ मजबुत भएको बताए । 

    समावेशी विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र सुशासन आफ्नो प्रमुख प्राथमिकता रहेको केसीको भनाइ छ ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend