काठमाडौँ। काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ।
काठमाडौंबाट मंगलबार बिहान छुटेको बस रामेछापको मन्थली नगरपालिका-६ स्थित तामाकोशीमा खस्दा ६ जनाको घटना स्थलमा नै मृत्यु भएको हो।
जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक सुभाशचन्द्र मण्डलका अनुसार घटना स्थलबाट सात जनालाई उद्धार गरिएको र अझै उद्धार कार्य जारी छ।
'अहिलेसम्म ६ जनाको शव फेला परेको छ, कीहीको उद्धार भयो केहीको अझै जारी छ।´ उनले भने।
घटना स्थलमा स्थानीय र प्रहरीले उद्धारको काम गरिरहेका छन्। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।



