बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

आजदेखि फागुन १५ गतेसम्म देशभर क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइँदै, कसले पाउँछन्?

आजदेखि फागुन १५ गतेसम्म देशभर क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइँदै, कसले पाउँछन्?

images
२०८२ माघ २५ गते, आइतवार
२०८२ माघ २५ गते, आइतवार
  • काठमाडौँ। पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रभावकारी मानिएको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप माघ २५ गते अर्थात आजदेखि फागुन १५ गतेसम्म देशभर दिइने भएको छ।

    images

    पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप सुरक्षित र प्रभावकारी मानिएको छ। सरकारले यो खोप राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नै प्रदान गर्न लागेको हो। यो खोप लगाउन कुनै शुल्क लाग्ने छैन।

    images

    माघ २५ गतेदेखि फागुन १५ गतेसम्म सो खोप प्रदान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ। कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई यो खोप दिइनेछ ।

    यस्तै, गत वर्षको एचपिभी खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि यो खोप दिइने व्यवस्था गरिएको छ।

    खोप स्थानीय पालिकाअनुसार फरकफरक दिनमा प्रदान गरिने भएकाले नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा बुझेर खोप लगाउन केन्द्रले आग्रह गरेको छ।

    काठमाडौं महानगरपालिका भित्रभने माघ २७ गतेदेखि यो खोप दिइने छ। महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा शनिबार बसेको स्थानीय तह स्तरीय खोप समन्वय समितिको वैठकले खोप सञ्चालन सम्बन्धी विषयमा छलफल गर्दै यस्तो निर्णय गरेको हो।

    पाठेघरको मुखको क्यान्सरबाट बच्ने ३ चरणका उपायमध्ये, १० वर्षदेखि १४ वर्षसम्म उमेरका किशोरीहरूले एचपीभी खोप लगाउनु पहिलो उपाय हो। दोस्रो उपायमा ३० वर्षभन्दा माथिको उमेरका हरेक महिलाले पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ्ग) गराउनु पर्छ। तेस्रोमा पाठेघरको मुखको क्यान्सर रोग पहिचान भएका महिलाले उपचार गराउनु पर्ने विज्ञहरु बताउँछन्।

    ‘नेपालमा हरेक वर्ष करिब १ हजार ३१३ जना महिलामा पाठेघरको मुखको क्यान्सर पत्ता लाग्ने गरेको छ। पत्ता लागेकामध्ये हरेक ६ जनामध्ये ३ जनाको मृत्यु हुने गरेको छ।’ परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले भने ‘खोप परीक्षणका लागि ल्याइएको भन्ने गलत प्रचार पनि पाइन्छ। यो विश्व स्वास्थ्य संगठनले शिफारिस गरेको र नेपालका औषधि व्यवस्था विभागमा दर्ता छ। यो शतप्रतिशत सुरक्षित छ।’ 

    पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा प्रत्येक दिन ४ जना महिलाहरूको मृत्यु भइरहेको छ। महिलाहरुलाई क्यान्सर मृत्यु हुनेमा पाठेघरको मुखको क्यान्सर पहिलो कारण हो। यो क्यान्सर ह्यूमन प्यापिलोमा भाइरसको संक्रमणबाट हुन्छ। यो भाइरसलाई एच.पि.भी. भाइरस भनिन्छ।

    एचपिभी भाइरसबाट संक्रमित व्यक्तिसँग यौन सम्पर्क हुँदा यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ। यसबाट पटक पटक संक्रमण भएर २० वर्षसम्म संक्रमण रह्यो भने पाठेघरको मुखको क्यान्सर हुन सक्छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend