बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

`फागुन २१ कालागि मेरो २१ दिन´ सुरु गर्दै कांग्रेस

`फागुन २१ कालागि मेरो २१ दिन´ सुरु गर्दै कांग्रेस

images
२०८२ माघ २५ गते, आइतवार
२०८२ माघ २५ गते, आइतवार
  • काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई परिचालन गर्न भन्दै `फागुन २१ कालागि मेरो २१ दिन´ कार्यक्रम सुरु गर्ने भएको छ।

    images

    आइतबार बसेको कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने निर्णय गरेको हो। त्यसका लागि कांग्रेसले `नेपाली काँग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२ को बुँदा नं २१ मा यो विषय उल्लेख गरेको छ।

    images

    `फागुन २१ कालागि मेरो २१ दिन´ भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म `जसको पदिय जिम्मेवारी जहाँ / उसले खट्ने त्यहाँ´ नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ।´ निर्णयमा भनिएको छ।

    यसरी खटिंदा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारीसाथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि तततत स्थानमा कार्य सकेर पुन आफ्नै जिल्ला/ क्षेत्र/ पालिका र वडामा केन्द्रित रहन भनिएको छ।

    यस्तै तोकिएको जिम्मेवारी लिएर अन्यत्र गएका बाहेक अरु सबै तहका पार्टी पदाधिकारी र सदस्यहरु आआफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहन भनिएको छ।

    यसैगरी एउटा वडाको कृयाशिल सदस्य अर्को वडामा नगएर `हाम्रो वडा हामी जिताउँछौ´ उद्घोषसाथ आआफ्नै वडामा खट्न कांग्रेसले भनेको छ।

    कांग्रेसले पार्टीका सबै भ्रातृ र शुभेच्छुक संस्थामा आवद्धहरुलाई सोही बमोजिम जिम्मेवारी निभाउन आग्रह गरेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend