बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

वरिष्ठ कलाकार सुनील थापाको निधन

वरिष्ठ कलाकार सुनील थापाको निधन

images
२०८२ माघ २४ गते, शनिवार
२०८२ माघ २४ गते, शनिवार
  • काठमाडौँ। वरिष्ठ कलाकार सुनील थापाको आज बिहान ७:३० बजे निधन भएको छ।

    images

    मुटुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि पुर्याइएका उनको उपचारकै क्रममा हृदयाघातका कारण मृत्यु भएको हो।

    images

    थाप शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए। लामो समयदेखि कला क्षेत्रमा सक्रिय थापाले 
    नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकालाई पनि नायक सरह उचाइ, चर्चा र सम्मान दिलाउन सफल भएका थिए।

    उनी भारतीय चलचित्र क्षेत्रमा पनि चर्चित थिए। विशेषगरी नेपाली चलचित्र ‘चिनो’ मा निभाएको ‘राते काइँला’ को भूमिकाबाट उनी दर्शकमाझ अत्यन्तै चर्चित थिए।

    नेपाल र भारतका थुप्रै चलचित्रहरूमा आफ्नो अभिनयको जादु छरेका थापाका परिवारका अन्य सदस्यहरू हाल भारतको मुम्बईमा बसोबास गर्दै आएका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend