बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नीति, सिद्धान्त र नेतृत्वप्रति प्रभावित हुँदै एमालेका १३ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

नीति, सिद्धान्त र नेतृत्वप्रति प्रभावित हुँदै एमालेका १३ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

images
२०८२ माघ २४ गते, शनिवार
२०८२ माघ २४ गते, शनिवार
  • हुम्ला। नेकपा एमाले परित्याग गरी नाम्खा गाउँपालिका–३, लामाखोल्सी र सिमकोट–८, साँताका १३ जना स्थानीय नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

    images

    नेपाली कांग्रेस हुम्लाले सञ्चालन गरिरहेको घरदैलो अभियानका क्रममा लामाखोल्सीमा १० जना र साँतामा ३ जना गरी १३ जना कांग्रेसमा प्रवेश गरेका हुन्।

    images

    फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जनताको घरदैलोमा कांग्रेसले पुर्याएको नीति, सिद्धान्त र नेतृत्वप्रति प्रभावित हुँदै उनीहरूले नेपाली कांग्रेस रोजेको बताइएका छन्। स्थानीयस्तरमा कांग्रेसप्रति बढ्दो जनविश्वास र आकर्षणको संकेतका रूपमा यस प्रवेशलाई हेरिएको छ।

    कांग्रेसमा प्रवेश गर्नेहरूमा नाम्खा गाउँपालिका–३, लामाखोल्सीका पेमा लामा, पात्मा जाङ्मु लामा, काल्जाङ लामा, तुन्डुप लामा, छियुङ दोर्जे लामा, यान्की लामा, लाइराप लामा, इटिङ जाङ्मु लामा, छङ्गी लामा र हिटोल लामा रहेका छन्।

    यस्तै सिमकोट–८, साँताबाट रत्न बहादुर भग्री, प्रेमबहादुर भग्री र लक्षीमा भग्री नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। घरदैलो अभियानका संयोजक तथा नेपाली कांग्रेस हुम्लाका कार्यवाहक सभापति कैलाश भण्डारी, प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार जयपती रोकाया, समानुपातिकतर्फका उम्मेदवार ताराबहादुर लामा, उपसभापति बसन्त रोकाया, कोषाध्यक्ष बबिता शाही लगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूले नवप्रवेशीहरूलाई कांग्रेसको साधारण सदस्यता प्रदान गर्दै अबिर र खादा लगाएर भव्य स्वागत गरेको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य नरबहादुर भण्डारीले बताए।

    नवप्रवेशीहरूले लोकतन्त्र, समावेशिता, सामाजिक न्याय र विकासको स्पष्ट दृष्टिकोण बोकेको नेपाली कांग्रेसलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको केन्द्रीय सदस्य भण्डारीले बताए।

    यस्तै सिमकोट–८, साँतामा खार्पुनाथ गाउँपालिका कांग्रेस कार्यसमितिका उपसभापति गोपाल रावलको नेतृत्वमा सम्पन्न घरदैलो कार्यक्रममा पनि नेकपा एमाले परित्याग गरी ३ जना कांग्रेसमा प्रवेश गरेको कांग्रेसका स्थानीय नेता नैनसिंह बुढाले जानकारी दिए।

    यस अवसरमा नेपाली कांग्रेसका स्थानीय नेताहरूले नवप्रवेशीहरूको आगमनले पार्टी संगठन थप मजबुत भएको उल्लेख गर्दै आगामी निर्वाचन र राजनीतिक यात्रामा एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend