बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नेकपा बहुमतका ललितपुर इन्चार्जसहित १५ नेताहरू कांग्रेसमा प्रवेश

नेकपा बहुमतका ललितपुर इन्चार्जसहित १५ नेताहरू कांग्रेसमा प्रवेश

images
२०८२ माघ २३ गते, शुक्रवार
२०८२ माघ २३ गते, शुक्रवार
  • काठमाडौँ। नेकपा बहुमतका केन्द्रीय सदस्य एवम् ललितपुर जिल्ला इन्चार्जसहित १५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

    images

    नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले शुक्रबार आयोजना गरेको निर्वाचन विशेष जिल्ला भेलामा नेकपा बहुमत ललितपुरका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज कुमाल सिल्वालसहित कांग्रेसमा प्रवेश गरेका हुन्।

    images

    कांग्रेस उपसभापति  विश्वप्रकाश शर्माले उनीहरूलाई खादा  र माला लगाएर कांग्रेस प्रवेश गराएका हुन्। सिल्वालसँगै  नेकपा बहुमत युवा संगठनका जिल्ला अध्यक्ष सुनील स्याङ्जाली मगर, गोदावारी नगरपालिकाका इन्चार्ज हरीकृष्ण महत, कोन्ज्योसोम गाउँपालिकाका इन्चार्ज सत कुमार सिल्वाल, ललितपुरमा तामाङ मुक्ति मोर्चाका सहसंयोजक सुरेश तामाङ, ललितपुरका जिल्ला सदस्य सुरज सिंजापति कांग्रेस प्रवेश गरेका हुन्।

    यस्तै पार्टी प्रवेश गर्नेहरूमा अशोक रूम्बा, अमर सिगार, सुनिल विक, राजु तामाङ, दिपेश मगर, इन्द्र राना मगर, सुनिल मगर, नविन राना मगर र प्रविन राना मगर रहेका छन्।

    कांग्रेसको विशेष महाधिवेशनपछि पार्टी प्रवेश गर्नेको लहर नै चलेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend