बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

निर्वाचन आयो, अब जनताले मतपत्रमा छाप लगाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

निर्वाचन आयो, अब जनताले मतपत्रमा छाप लगाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

images
२०८२ माघ २२ गते, बिहिवार
२०८२ माघ २२ गते, बिहिवार
  • काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की आज प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि मतपत्र छपाइको प्रगतिबारे जानकारी लिन भक्तपुर पुगेकी छिन्।

    images

    निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा प्रतिनिधिसभा निर्वाचनको मतपत्र छपाइको काम गरिरहेको छ। सो छपाइको अवलोकन निरीक्षण गर्न प्रधानमन्त्री कार्की सानोठिमी पुगेकी हुन्।

    images

    सो क्रममा प्रधानमन्त्री कार्कीले मतपत्र छपाइमा भएको प्रगतिबारे चासो राखेकी थिइन् भने आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रगति जानकारी गराएपछि आफु उत्साहित भएको बताइन्।

    ‘मतपत्र छपाइको प्रगति हेरेपछि हामीलाई लाग्यो अब निर्वाचन आयो, अब जनताले मतपत्रमा छाप लगाउन मात्रै बाँकी छ, निश्चिन्त हुनुस्, अब चुनाव आयो, चुनाव एकै दिन हुन्छ, एकैपटक तोकिएकै मितिमा हुन्छ।’ अवलोकन पछि प्रधानमन्त्री कार्कीले संचारकर्मीहरुसँग भनिन्।

    सो अवलोकन भ्रमणमा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, प्रमुख निर्वाचन आयुक्त भण्डारीसहित निर्वाचन आयोगका पदाधिकारीहरु सहभागी थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend