मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

साइकल यात्रामार्फत क्यान्सर सचेतना, १८ सय किलोमीटर यात्रा

साइकल यात्रामार्फत क्यान्सर सचेतना, १८ सय किलोमीटर यात्रा

images
२०८२ माघ २२ गते, बिहिवार
२०८२ माघ २२ गते, बिहिवार
  • काभ्रेपलान्चोक। क्यान्सर रोग विरुद्धको सचेतनाका लागि राज्यले अनेक तामझामका साथ भब्य लगानीसहितका कार्यक्रम गर्ने गर्छ। यस्ता गतिविधि क्यान्सर दिवसका सन्दर्भमा त झनै बढी हुन्छन्।

    images

    धुलिखेल अस्पतालसँगको सहकार्यमा आयोजना गरिएको साइकल यात्रामा भने त्यो भन्दा फरक शैली थियो। उपचारमा आर्थिक अभाव झेलिरहेका बिरामीलाई नै सहयोग गर्ने उद्देश्यसहित दुई जना त्यस्ता ब्यक्ति क्यान्सर विजेता एवं लिड राइडरको अगुवाइमा क्यान्सर बिरुद्धको सचेतनाका लागि लामो दुरीको साइकलयात्रा भयो।

    images

    उनीहरुले साइकलबाटै सर्वसाधारणलाई क्यान्सर बिरुद्धको आवाज सुनाए। यो साइकल यात्रामा ८ जना साइक्लिस्टसहित १४ जना सहभागी थिए। १८ सय किलोमिटर दुरी पार गर्दै यात्रा सम्पन्न गर्ने अगुवा ती ब्यक्तिहरु पनि क्यान्सर पीडित नै हुन्। क्यान्सर रोगबाट पीडित भएर क्यान्सरलाई जितेका हर्क लामा र कविता चित्रकारले विश्व क्यान्सर दिवसका अवसरमा सचेतनामुलक साइकलयात्रा गरेका हुन्।

    काभ्रेपलान्चोकको धुलिखेल अस्पतालमा घोषणा गरी अंग्रेजी नयाँ वर्ष २०२६ जनवरी १ बाट पाँचथरको चिवाभञ्ज्याङबाट सुरु भएको यात्रा एक महिनापछि अस्पतालमै पुगेर बुधबार सम्पन्न भएको हो। यो यात्राका क्रममा साइकलयात्री लामा र चित्रकारसहितले पहाडी लोकमार्गमा यात्रा गरेका थिए।

    यात्राका क्रममा १५ स्थानमा दुई हजारभन्दा धेरैलाई प्रत्यक्ष रूपमा क्यान्सर रोगसम्बन्धी सचेतना गरिएको यात्रामा सहभागी धुलिखेल अस्पतालका चिकित्सक सुमनराज ताम्राकारले जानकारी दिए।

    कार्यक्रममा यात्रामा सहभागी अर्का चिकित्सक विकास पराजुलीले यात्राका क्रममा भएका अनुभव सुनाए। साइकल यात्री लामा र चित्रकारले पनि क्यान्सर रोगसँग जित्न सक्ने साहस साइकल यात्राबाट मिलेको बताए।

    कार्यक्रममा अस्पतालका प्रशासकीय प्रमुख डा विराजमान कर्माचार्यले धुलिखेल अस्पतालमा उपचाररत बिरामीको क्यान्सर उपचारका लागि कोष बनाइने र त्यसमा सङ्कलन भएको रकम जति नै थपेर अस्पतालले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

    साइकल यात्री लामाले क्यान्सर भएर उपचारार्थ अस्पतालमा भर्ना हुँदा बिरामी र आफन्तले रकम अभावका कारण व्यहोर्नु परेको सास्तीलाई न्यूनीकरण गर्न कोष स्थापनार्थ नवीनतम कार्य गरिएको बताए।

    अस्पतालका संस्थापक एवं कार्यकारी निर्देशक डा रामकण्ठ माकजुले क्यान्सर रोगबाट सङ्क्रमण भएर त्यसलाई जित्न सक्ने साहसका साथ साइकल यात्रा सम्पन्न गरेकामा दुवै साइकल यात्रीलाई विशेष धन्यवाद दिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend