बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

एमालेले केपी ओलीलाई बनायो भावी प्रधानमन्त्रीको उम्मेदवार

एमालेले केपी ओलीलाई बनायो भावी प्रधानमन्त्रीको उम्मेदवार

images
२०८२ माघ २१ गते, बुधवार
२०८२ माघ २१ गते, बुधवार
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ।

    images

    एमालेको केन्द्रीय कार्यालय, च्यासलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष रामबहादुर थापाले पार्टीले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको जानकारी दिए।

    images

    मुलुकको रक्षा तथा देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई पुनःस्थापित गर्नुपर्ने आवश्यकता रहेकाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको प्रस्तावसहित पार्टी चुनावमा होमिएको उपाध्यक्ष थापाले स्पष्ट गरे।

    उनले देश बनाउनेहरूलाई जिताउनुपर्ने खाँचो रहेको बताए। नेपालको आर्थिक वृद्धि भइरहेको, समृद्धिको एकीकृत खाकाका साथ काम भइरहेको अवस्थामा अनेक पक्षहरू हावी भएर अघिल्लो सरकारलाई विस्थापन गर्ने स्थिति भएकाले जनताले यस कुरालाई मनन गर्ने विश्वास थापाले व्यक्त गरे।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend