बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन

समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन

images
२०८२ माघ २० गते, मंगलवार
२०८२ माघ २० गते, मंगलवार
  • काठमाडौं। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ।

    images

    अयोगले मंगलबार ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिन्हमा कायम भएका कुल तीन हजार एक सय ३५ उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरिएको जनाएको छ।

    images

    आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त ६३  राजनीतिक दलबाट ५७ निर्वाचन चिन्हमा कायम भएका कुल तीन हजार एक सय ३५ उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरिएको जानकारी दिए।

    प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ को उपदफा (६) र प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम (२) बमोजिम सो बन्दसूची प्रकाशन भएको सहायक प्रवक्ता जिसीले जानकारी दिएका हुन्।

    निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार प्रकाशित बन्दसूचीमा एक हजार सात सय ७२ महिला र एक हजार ३६३ पुरुष उम्मेदवार छन्।

    अन्तिम बन्दसूचीको विस्तृत विवरण आयोगको वेबसाइटमा राखिएको आयोगले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend