बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

निर्वाचन आयोगले हटायो समानुपातिक बन्दसूचीमा समेटिएकामध्ये ७६ जनाको नाम

निर्वाचन आयोगले हटायो समानुपातिक बन्दसूचीमा समेटिएकामध्ये ७६ जनाको नाम

images
२०८२ माघ १९ गते, सोमवार
२०८२ माघ १९ गते, सोमवार
  • काठमाडाैँ। निर्वाचन आयोगले फागुन २१ गते हुने तय भएको प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा समेटिएकामध्ये ७६ जनाको नाम हटाएको छ। 

    images

    आयोगले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका, निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका, पच्चीस वर्ष उमेर पूरा नभएका लगायतका ७६ जनाको नाम बन्दसुचीबाट हटाएको जनाएको हो।

    images

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगमा आएका उजुरी, प्रचलित कानुन बमोजिम तोकिएको उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था, आयोगबाट विभिन्न मितिमा भएका निर्णय एवम् राजनीतिक दलबाट प्राप्त जानकारीसमेतका आधारमा यो निर्णय भएको जानकारी दिए।

    प्रवक्ता भट्टराईका अनुसार कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जना, निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका १० जना, पच्चीस वर्ष उमेर पूरा नभएका ४ जना, मतदाता नामावलीमा नाम समावेश नभएका १ जना, मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २ जना, महिला उम्मेदवार पेस हुनुपर्नेमा पुरुष उम्मेदवार पेस भएका १ जना, नाम हटाउन भनी सम्बन्धित राजनीतिक दलबाट लेखिआएका १० जना तथा माथि उल्लिखित कारणहरूमध्ये एकभन्दा बढी कारण भएका २ जनाको नाम समानुपातिक सुचीबाट हटाइएको हो।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend