बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

तोलामा १३ हजार ४०० रुपैयाँले घट्यो सुन

तोलामा १३ हजार ४०० रुपैयाँले घट्यो सुन

images
२०८२ माघ १९ गते, सोमवार
२०८२ माघ १९ गते, सोमवार
  • काठमाडौँ। आइतबारदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य सोमबार पनि घटेको छ।  सोमबार सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घटेको हो।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ३ लाख कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ।

    images

    बिहीबार सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँसम्म पुगेको थियो। जुन मूल्य हालसम्मकै उच्च हो। अहिले फेरि निरन्तर घटिरहेको छ।

    यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा ५ हजार ५०० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ५ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend