बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

२५ जिल्लाका ३० लाख मतपत्र छापियो

२५ जिल्लाका ३० लाख मतपत्र छापियो

images
२०८२ माघ १८ गते, आइतवार
२०८२ माघ १८ गते, आइतवार
  • काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनका लागि धमाधम मतपत्र छपाइको काम गरिरहेको छ। आइतबारसम्म २५ जिल्लाका ३० लाख मतपत्र छापिएको आयोगले जनाएको छ।

    images

    काठमाडौँमा आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले पछिल्लो साता मतपत्र र मतदाता नामावली छपाइलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए।

    images

    प्रवक्ता भट्टराईका अनुसार आयोगले समानुपातिकतर्फको मतपत्र छपाइ यसअघि नै सकाएको छ। हाल प्रत्यक्षतर्फ २५ जिल्लाका लागि ३० लाख मतपत्र छाप्ने काम सकिएको भट्टराईले जानकारी दिए।

    हाल दैनिक १२ देखि १५ लाखको सङ्ख्यामा मतपत्र छपाइ भइरहेको छ। जनक शिक्षा सामग्री केन्द्र सानोठिमीमा मतपत्र छ्पाइको काम गरिरहेको छ।

    आयोगका अनुसार मतदाता नामावली छपाइको काम अन्तिम चरणमा पुगेको र एक हप्ता भित्र देशभरकै नामावली तयार भइसक्ने प्रवक्ता भट्टराईले जानकारी दिए।

    हाल आयोगले निर्वाचन आचारसंहिता पालना गराउन आयोग सक्रिय रहेको र उल्लङ्घन गर्ने व्यक्ति तथा संस्थालाई स्पष्टीकरण सोध्ने कार्य भइरहेको उनले जानकारी दिए।

    मतदातालाई मतदान प्रक्रियाबारे जानकारी दिन छिट्टै मतदाता शिक्षा कार्यक्रम सुरु गर्ने आयोगको योजना छ। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend