बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

अजयबाबुको अभियानले गर्माउँदै दोलखाको चुनावी माहोल

अजयबाबुको अभियानले गर्माउँदै दोलखाको चुनावी माहोल

images
२०८२ माघ १८ गते, आइतवार
२०८२ माघ १८ गते, आइतवार
  • दोलखा। दोलखामा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ। विशेषगरी नेपाली कांग्रेसले केन्द्रीय सदस्य तथा प्रभावशाली युवा नेता अजयबाबु शिवाकोटीलाई उम्मेद्वार बनाएसँगै दोलखाको राजनीति गर्माएको हो। राष्ट्रिय पहिचान बनाइसकेका शिवाकोटीको उम्मेद्वारीले विशेष चर्चा पाएको छ। 

    images

    शिवाकोटी पार्टीभित्र मात्र नभई निर्वाचन क्षेत्रभित्र पनि युवा नेतृत्व र नयाँ दृष्टिकोणको प्रतिनिधित्व गर्ने नेताका रूपमा परिचित छन्। शिवाकोटी पत्रकारिताबाट राजनीतिक जीवनमा प्रवेश गरेका हुन्। पत्रकारको रूपमा कार्य गर्दा उनले समाजका विविध पक्ष, जनताको समस्या र सरकारी कार्यशैलीको निगरानी गर्दै आलोचनात्मक दृष्टिकोण प्रस्तुत गरेका थिए।

    images

    साथै शिवाकोटीले तत्कालीन सभामुख कृष्णबहादुर महरा र सञ्चार मन्त्री गोकुल बास्कोटाका काण्ड बाहिर ल्याउन खेलेको भूमिकाको प्रशंसा पनि मतदाताले गरेका छन्। यही अनुभव र कामको मूल्याङ्कन मतदाता तथा स्थानीय जनताले सकारात्मक रूपमा गरेको बताइएको छ।

    निर्वाचन प्रचारका क्रममा शिवाकोटी समक्ष मतदाताले राष्ट्रिय राजनीति, जिल्लाका विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधारका विषयमा ध्यानाकर्षण गराएका छन्।

    जनताको सेवा र विश्वास नै आफ्नो पहिलो प्राथमिकता भएको भन्दै नेता शिवाकोटीले जनताले देखाएको भरोसालाई संसदसम्म पुर्याउन सबै शक्ति लगाउने प्रतिबद्धता जनाएका छन्।

    दोलखामा कांग्रेस, एमाले, माओवादी र अन्य साना पार्टीका उम्मेद्वारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। यस बीचमा शिवाकोटीको युवा नेतृत्व, पारदर्शिता र पत्रकारिता अनुभवले उनलाई मतदाताको नजरमा फरक बनाएको छ।

    स्थानीय राजनीतिक विश्लेषकका अनुसार शिवाकोटीको उम्मेद्वारीले कांग्रेसमा मात्र होइन दोलखाका मतदातामाझ पनि उत्साह र नयाँ ऊर्जा थपेको छ। उनका विचार र योजना जनतासम्म पुग्दा मत परिणाममा प्रभाव पर्ने सम्भावना छ।

    निर्वाचन नजिकिँदै गर्दा शिवाकोटीको अभियान घरदैलो, स्थानीय सभा र सामाजिक संजालमार्फत मतदाता माझ सक्रिय रूपमा अघि बढेको छ।

    २०७० सालसम्म दुई ओटा निर्वाचन क्षेत्र रहेको दोलखा संविधान जारी भएपछि भने एउटा मात्रै संघीय निर्वाचन क्षेत्रमा परिणत भएको छ। आसन्न चुनावमा दोलखामा एक लाख ७० हजार ३० मतदाता छन्।

    अजयबाबुको चुनावी माहोल अगाडि बढ्दै गर्दा कांग्रेस प्रवेश गर्ने युवा पनि बढ्दै गएका छ्न्। नेकपा एमालेमा आबद्ध तामाकोशी गाउँपालिका दोलखाका युवाहरू विराज श्रेष्ठ, राजीव श्रेष्ठ, डोरबहादुर भण्डारी र उद्धव भुजेललाई उनले कांग्रेसमा स्वागतसमेत गरेका छन्।

    उनले पहिलेदेखि भन्दै आएका छन्, 'हामी सक्छौँ। परिवर्तन सम्भव छ।' 

    जेन-जीहरूको पक्षमा जेन-जी आन्दोलनअघि नै आवाज उठाउँदै आएका अजयबाबुलाई जेन-जीका कांग्रेस नेता भनेर पनि युवाहरूले चिन्दै आएका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend