बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

जापान भ्रमणमा जाँदै राष्ट्रपति पौडेल

जापान भ्रमणमा जाँदै राष्ट्रपति पौडेल

images
२०८२ माघ १८ गते, आइतवार
२०८२ माघ १८ गते, आइतवार
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आज जापानको औपचारिक भ्रमणमा जाँदै छन्। नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष पुगेको अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लागेका हुन्।

    images

    राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल एयरलाइन्सको उडान नम्बर ४३३ बाट आज राति ११ः३० बजे जापान प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

    images

    परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार भ्रमण सम्पन्न गरी उनी माघ २१ गते अपराह्न ४ः३० बजे स्वदेश फर्कने छन्।

    भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारका तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउने छन्।

    उनले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव राईले जानकारी दिए।

    सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच भेटवार्ता हुने तालिका छ। यस्तै, भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने छन्।

    यसैगरी राष्ट्रपति पौडेल जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागिता जनाउनुका साथै   जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ। राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी श्रीमती सबिता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू भ्रमणमा सहभागी हुनेछन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend