बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

डिजेल र मट्टीतेलको मूल्य बढ्यो

डिजेल र मट्टीतेलको मूल्य बढ्यो

images
२०८२ माघ १७ गते, शनिवार
२०८२ माघ १७ गते, शनिवार
  • काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

    images

    भारतकाे इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थकाे नयाँ मूल्य सूची पठाएसँगै नेपाल आयल निगमले समायोजन गरेको हो। नयाँ मुल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

    images

    निगमका भारतबाट पेट्रोलमा ०‍.१२, डिजेलमा ४.६६ र एलपी ग्याँसमा प्रतिसिलिण्डर ४५.४९ रुपैयाँ बढेर आएको छ। यस्तै, हवाई इन्धनमा प्रतिलिटर १०८ ले घटेर आएको छ। 

    सोहीअनुसार पेट्रोलको मूल्य यथावत राखिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको छ।

    हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटाइएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend