बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

काठमाडौँमा फुटपाथमा काम गरेर खाने मजदूरहरूको गास खोसिँदैन : गगन थापा

काठमाडौँमा फुटपाथमा काम गरेर खाने मजदूरहरूको गास खोसिँदैन : गगन थापा

images
२०८२ माघ १७ गते, शनिवार
२०८२ माघ १७ गते, शनिवार
  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको कार्यकालमा नेपाली युवाहरू विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

    images

    काठमाडौँ क्षेत्र नम्बर ४ मा शनिबार गरेको कार्यक्रममा बोल्दै उनले नेपाली युवाहरूलाई नेपालमै काम उपलब्ध गराउने भन्दै विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । 

    images

    उनले भने, 'नेपाली युवाहरू अब विदेशमा भौतारिनु पर्दैन। हामी नेपालमै युवाहरूलाई रोजगारी दिलाउने छौँ ।' उनले काठमाडौँका फुटपाथमा सामान बेच्नेको भविष्य सुरक्षित हुने, कसैको बाँच्‍ने आधार नखोसिने बताए । 'काठमाडौँमा अब कोही पनि फुटपाथमा काम गरेर खाने मजदूरहरूको गास खोसिँदैन', उनले भने ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend