बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कांग्रेसमा स्थानीय तह बलियो बनाउने अभियान शुरू भएको छ : गगन थापा

कांग्रेसमा स्थानीय तह बलियो बनाउने अभियान शुरू भएको छ : गगन थापा

images
२०८२ माघ १७ गते, शनिवार
२०८२ माघ १७ गते, शनिवार
  • काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब स्थानीय तह बलियो बनाउने अभियान कांग्रेसमा शुरू भएको बताएका छन्। काठमाडौँ क्षेत्र नम्बर ४ को बुढानीलकण्ठमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

    images

    उनले भने, 'अब कांग्रेस बनाउने अभियान शुरू भएको छ। बदिलएको कांग्रेसले सबैको आवाज सुन्छ। युवाको आवाज सुन्छ। जेनजीको आवाज सुन्छ।'

    images

    उनले अब अमूर्त कुरा नभएर कांग्रेसले कामलाई प्राथमिकता दिएर अगाडि बढ्ने प्रतिबद्धता जनाए। 'कांग्रेसमा अब समय आएको छ बदलिने। नेपाललाई आगो चाहिएको छैन। नेपाललाई सम्हाल्ने शक्ति चाहिएको छ।' 

    बदलिएको कांग्रेसले देश सम्हाल्ने नेतृत्व चाहिएको भन्दै उनले देश सम्हाल्ने शक्ति युवामा रहेको जिकिर गरे। 

    उनले देशलाई शासनमा र कार्यशैलीमा सुधार चाहिएको बताए। उनले सबै जना संविधानमा प्रतिबद्धता रहेकाले संविधानमा बदल्ने कुरा धेरै रहेको तर त्यसका लागि युवाहरूले साथ दिनुपर्ने बताए। 

    'कांग्रेस नेपाल राज्‍यमा रहेको सबैको हो। झुपडीमा बसेका नागरिक र महलमा बसेका नागरिकको हो। अझ पिँधमा रहेको व्यक्तिको नजिकको पार्टी हो कांग्रेस' उनले भने, 'तर देश बनाउन सबैको जरूरी छ। पार्टीले भागबन्डा गर्न नपाओस्। अनि सुशासन आउँछ।'

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend