बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

काठमाडौंमा लुटपाटको शैली : कारबाट `वाच´, ट्याक्सी र मोटरसाइकल प्रयोग गरेर लुटपाट

काठमाडौंमा लुटपाटको शैली : कारबाट `वाच´, ट्याक्सी र मोटरसाइकल प्रयोग गरेर लुटपाट

images
२०८२ माघ १५ गते, बिहिवार
२०८२ माघ १५ गते, बिहिवार
  • काठमाडौँ। काठमाडौंमा लुटपाट मच्चाउँदै आएको एउटा गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    images

    काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा विगत तीन महिनादेखि लुटपाटमा संलग्न समूहका १० जना लुटेरालाई प्रहरीले गोलि प्रहार गरेर नियन्त्रणमा लिएको थियो। यो समूहले ट्याक्सी, निजी कार र मोटरसाइकलमा चढेर रातको समयमा लुटपाट गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख एसएसपी रमेश थापाले काठमाडौंका विभिन्न स्थानमा रातको समयमा लुटपाटमा संलग्न गिरोहलाई प्रहरीले सिसिटिभी फुटेज र लुटिएका सर्वसाधारणको उजुरीका आधारमा नियन्त्रणमा लिएको जानकारी दिए।

    उनका अनुसार दिउँसो ट्याक्सी चलाउने र राति लुटपाटमा त्यही ट्याक्सी प्रयोग हुने गरेको पनि यो घटनाको अनुसन्धानमा फेला परेको छ। यस्तै निजी कारकोसमेत लुटपाटमा प्रयोग भएको एसएसपी थापाको भनाइ छ। उनले ट्याक्सी र कारलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए। कारको प्रयोग स्थान पहिचान र रेकीका लागि हुँदै आएको खुलेको हो।

    यसैगरी लुटपाटमा प्रयोग भएका मोटरसाइकलहरु पनि प्रहरीले नियन्त्रणमा लिएको एसएसपी थापा बताउँछन्। उनका अनुसार यो समूहले एउटा मोटरसाइकलमा तीन-तीन जना चढेर लुट्ने गरेका थिए।

    `लुटपाटमा प्रयोग भएका मोटरसाइकलका नम्बर प्लेटमा हिलो छ्यापेर नम्बर नचिनिने गरि प्रयोग गरिएको पाइयो, सिसिटिभी फुटेज र उजुरीका आधारमा लुटेरा समूहलाई नियन्त्रणमा लिएका छौं, यो समूहमा जोडिएकाहरुको पृष्ठभुमि आपराधिक क्रियाकलाप संलग्न र चोरी डाँकामा नै आबद्ध रहेको पाइयो।´ एसएसपी थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने। 

    यो समूहले ठेलामा ब्यवसाय गर्ने साना ब्यवसायीदेखि रातको समयमा कामका शिलशिलामा हिडडुल गर्ने सर्वसाधारण र मर्निङवाकमा निस्किएक ब्यक्ति सम्मलाई निशानमा पार्दै आएको पाइएको छ।

    सो समूहले एक महिलाको गहना लुटपाट गर्दा कानको लोती नै चुडिएको प्रहरी सिसिटिभी फुटेजमा देखिन्छ। यस्तै लुटपाटपछि ब्यक्तिमाथि कुटपिट समेत गरिएको देखिन्छ।

    जिल्ला प्रहरी परिसर काठमाडौँ, प्रहरी वृत्त स्वयम्भू, गौशाला र बौद्धको संयुक्त टोलीले लुटेरा समूहलाई नियन्त्रणमा लिएको हो।

    प्रहरीले आज बिहान यो समुहको नाइकेलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै जाइलागेपछि काठमाडौँको मुलपानीमा गोली नै चलाएको थियो। गोली लागेका घाइतेको अहिले ट्रमा सेन्टरमा उपचार जारी छ। यो समूहका लुटेरालाई नियन्त्रणमा लिन प्रहरीले बुधबार रतिदेखि कार्वाही चलाएको थियो।

    प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा लुटपाटका मुख्य योजनाकार २३ वर्षीय विनय तामाङसहित २३ वर्षीय आयन माझी, २३ वर्षीय मिनस रसाइली, ३२ वर्षीय समन माझी, २९ वर्षीय पेमा तामाङ, २० वर्षीय सलोन तामाङ, १८ वर्षीय राजीव भण्डारी, २२ वर्षीय विशाल तामाङ, २८ वर्षीय विदुर विश्वकर्मा र २९ वर्षीय फुवा तामाङ छन्। 

    प्रहरीले उनीहरुको साथबाट बा १२ च ७७०१ नम्बरको निजी कार र बागमती प्रदेश ०१००२ ज ०७६६ नम्बरको ट्याक्सी समेत नियन्त्रणमा लिएको छ। सो कारको प्रयोग लुटपाट गर्नुअघि रेकी गर्न हुँदै आएको पाइएको छ।

    यसैगरी प्रहरीले लुटपाटमा प्रयोग भएका ६ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ। बरामद मोटरसाइकलहरूमा एनएनएस, पल्सर २२० र केटीएम आरसी रहेका छन्। 

    यो गिरोहले काठमाडौँको बौद्ध, कुमारीगाल, चाबहिल, भीमसेनगोला, एयरपोर्ट, स्वयम्भू, विजेश्वरी, कारखानाचोक, डल्लु, नयाँ बजार, बुढानीलकण्ठ, कपन र कोटेश्वर जस्ता विभिन्न क्षेत्रमा लुटपाट मच्चाएको प्रहरीको अनुसन्धानबाट देखिएको छ। 

    लुटिएका सामान किन्ने कार्यमा संलग्न खोटाङ ज्वेलर्स र सुन चाँदी कालीगढ पसलमा काम गर्ने व्यक्तिहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

    आफुहरु लुटिएको भन्दै हालसम्म २७ जना पीडितहरू प्रहरीको सम्पर्कमा आएको प्रहरीले जनाएको छ। उनीहरू विरुद्ध बिहीबारसम्म ४ वटा जाहेरी दर्ता भइसकेको छ। उनीहरूले सुनका औँठी, सिक्री, मुन्द्रा, टप, ब्रासलेट, आइफोन र ठुलो मात्रामा नगद रकम लुट्ने गरेका थिए। 

    प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend