काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।
मुटुमा समस्या देखिएपछि नेपाललाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ।
प्रतिनिधिसभा निर्वाचनमा गृह जिल्ला रौतहटबाट उम्मेदवार बनेका नेपाल निर्वाचनका लागि मतदाता भेटघाटमा ब्यस्त रहँदै आइरहेका थिए। अचानक मुटुमा असहज भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।
नेपालको स्वास्थ्य अवस्था बुझ्न पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरू अस्पताल पुगेका छन्।



