काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेश भएको छ ।
राष्ट्रपति भवन शितल निवासमा बुधबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेश गरेका हुन्।
राष्ट्रिय सभामा रिक्त हुन गइरहेको १८ पदका लागि माघ ११ गते सम्पन्न निर्वाचन मार्फत सदस्य चयन गरिएको थियो।



