बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

तल्ला तहका संरचनालाई कांग्रेसको परिपत्र, निर्वाचनलाई ब्यवस्थित बनाउन कम्तिमा १२ समिति बनाउनु

तल्ला तहका संरचनालाई कांग्रेसको परिपत्र, निर्वाचनलाई ब्यवस्थित बनाउन कम्तिमा १२ समिति बनाउनु

images
२०८२ माघ १४ गते, बुधवार
२०८२ माघ १४ गते, बुधवार
  • काठमाडौं। नेपाली कांग्रेसले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई आफ्नोतर्फबाट व्यवस्थित बनाउन तल्ला तहका निकायलाई परिपत्र गरेको छ।

    images

    कांग्रेस उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले बुधबार सात प्रदेशका प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमिति र १६५ वटै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापतिलाई परिपत्र गर्दै निर्वाचनका लागि विभिन्न समिति उपसमिति बनाएर अघिबढ्न निर्देशन दिएका हुन्।

    images

    सो परिपत्रमा विजय अभियानलाई ब्यवस्थित बनाउनक लागि कम्तीमा १२ समिति अबिलम्ब गठन गर्न मातहतका पार्टी निकायलाई निर्देशन गरिएको छ।

    जसअनुसार निर्वाचन व्यवस्थापन सचिवालय, निर्वाचन परिचालन मूल समिति, निर्वाचन प्रचार प्रसार मूल समिति, स्थानीय तह समन्वय समिति, बौद्धिक क्षेत्र समन्वय समिति, सामाजिक सङ्घ–संस्था समन्वय समिति, धार्मिक सङ्घ–संस्था समन्वय समिति, निजी क्षेत्र समन्वय समिति, १८/३० विशेष अभियान, पूर्वआप्रवासी समन्वय समिति, स्थानीय प्रशासन समन्वय समिति र अनुगमन समिति गठन गर्न भनिएको छ।

    ‘समिति कैयन ठाउँमा गठन भइसकेका छन् जहाँ गठन भएको छैन त्यहाँ निम्नानुसारका समिति अविलम्ब गठन गर्न गराउन आग्रह सहित यो परिपत्र पठाइएको छ,’ शर्माले परिपत्रमा भनेका छन्।

    पत्रमा अन्य अत्यावश्यक समिति, उपसमिति पनि गठन गरेर त्यसको विवरण केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend