बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

चुनाव आउन ३७ दिन बाँकी, समानुपातिकको मतपत्र छपाइ सकियो

चुनाव आउन ३७ दिन बाँकी, समानुपातिकको मतपत्र छपाइ सकियो

images
२०८२ माघ १३ गते, मंगलवार
२०८२ माघ १३ गते, मंगलवार
  • काठमाडौं। २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३७ दिन बाँकी छ। राजनीतिक दलहरू उम्मेदवारी दर्तासँगै देशभरि चुनावी दौडमा व्यस्त छन्। दलहरू आ-आफ्नो चुनावी रणनीति बनाउन व्यस्त छन्।

    images

    निर्वाचन आयोग पनि चुनावका लागि आवश्यक तयारी तीव्र रूपमा गरिरहेको । जस अन्तर्गत आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न गरिसकेको छ।

    images

    जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा  सोमबारसम्म समानुपातिकतर्फको दुई करोड ८ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगले जनाएको छ।

    केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले समानुपातिकतर्फको मतपत्र छपाइ पूरा भएपछि प्रत्यक्षतर्फको सुरु भएको बताए।

    उनका अनुसार केन्द्रले सोमबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको छ।

    केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाइसकेको थियो। ती मतपत्र मतदाता सचेतना तथा अन्य कामका लागि प्रयोग भइरहेका छन्।

    आयोगले चुनावका लागि आवश्यक सामग्रीहरू धमाधम छाप्ने काम गरिरहेको छ। मतदाता विवरण सूची लगायतका सामग्रीहरू छाप्ने काम गरिरहेको छ भने तयारी भइसकेका सामग्रीहरू जिल्ला जिल्ला पठाउन आयोगका कर्मचारीहरू व्यस्त छन्।

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend