काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा आज सिमरा हुँदै सर्लाही जाँदै छन्।
विशेष महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित भएपछि थापा आज पहिलोपटक मधेश प्रदेश झर्न लागेका हुन्।
उनी आज बिहान १०:३० बजेको बुद्ध एयरको विमानबाट सिमरा हुँदै सर्लाही जाने कार्यक्रम रहेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
थापाले फागुन २१ गते हुने तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही– ४ बाट उम्मेदवार बनेका छन्।
आज उनी सर्लाही जाँदा सिमरा विमानस्थलमा मधेस प्रदेशका नेता कर्याकर्ताले स्वागत गर्ने कार्यक्रम छ। त्यहाँबाट उनी सर्लाही जाने छन्।



