मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रियसभा निर्वाचन, कांग्रेस बन्यो पहिलो दल

राष्ट्रियसभा निर्वाचन, कांग्रेस बन्यो पहिलो दल

कोको भए निर्वाचित?

images
२०८२ माघ ११ गते, आइतवार
२०८२ माघ ११ गते, आइतवार
  • काठमाडौं। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि रिक्त पदमा आज निर्वाचन भएपछि नेपाली कांग्रेस राष्ट्रिय सभामा पहिलो दल बनेको छ। फागुन २० गते रिक्त हुने १८ पदका लागि आज सम्पन्न निर्वाचनमार्फत सदस्य चयन गरिएको छ।

    images

    आज सम्पन्न निर्वाचनमा ९ सिटमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन्। अब कांग्रेस २५ सिटसहित राष्ट्रिय सभामा ठुलो शक्ति बनेको छ। यसअघि कांग्रेसका राष्ट्रिय सभामा १६ सांसद थिए।

    images

    आज सम्पन्न निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको थियो। यो निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी बिचमा गठबन्धन भएको थियोे।

    खाली हुने १८ सिटका लागि भागबन्डा गर्दा नाै सिटमा कांग्रेसले उम्मेदवारी दिएको थियो। यस्तै, एमालेले आठ र लोसपाले एक सिटमा उम्मेदवारी दिएकोमा सबै जना निर्वाचित भएका हुन्।

    राष्ट्रियसभामा १९ पद रिक्त हुन गइरहेको छ। त्यसमध्ये एक जना सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ।


    कहाँबाट को निर्वाचित भए? 

    १. सुनिलबहादुर थापा (निर्विरोध निर्वाचित), नेपाली कांग्रेस

    २. रोशनी मेचे, नेकपा एमाले

    ३. सोमनाथ पोर्तेल, नेकपा एमाले

    मधेश प्रदेश

    १. धमेन्द्र पासवान, नेपाली कांग्रेस

    २. रञ्जित कर्ण, नेपाली कांग्रेस

    ३. महन्थ ठाकुर, लोसपा

    ४. रेखाकुमारी झा, नेकपा एमाले

    बागमती प्रदेश

    १. गीता देवकोटा, नेपाली कांग्रेस

    २. प्रेमप्रसाद दंगाल

    गण्डकी प्रदेश

    १. सम्झना देवकोटा, नेकपा एमाले

    २. जगत तिमिल्सिना, नेपाली कांग्रेस

    लुम्बिनी प्रदेश

    १. बासुदेव जंगली, नेपाली कांग्रेस

    २. चन्द्रबहादुर केसी, नेपाली कांग्रेस

    ३. रामकुमारी झाक्री, नेकपा एमाले

    कर्णाली प्रदेश

    १. ललितजंग शाही, नेपाली कांग्रेस

    २, मीनासिंह रखाल, नेकपा एमाले

    सुदूरपश्चिम प्रदेश

    १. लीलाकुमारी भण्डारी, नेकपा एमाले

    २. खम्मबहादुर खाती, नेपाली कांग्रेस ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend