बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

बन्द भएको स्वास्थ्य बीमा सुचारू गर्नेबारे बोर्डले थाल्यो छलफल

बन्द भएको स्वास्थ्य बीमा सुचारू गर्नेबारे बोर्डले थाल्यो छलफल

images
२०८२ माघ ११ गते, आइतवार
२०८२ माघ ११ गते, आइतवार
  • काठमाडौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बन्द भएको स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद पौडेलले पहल थालेका छन्।

    images

    डा. पौडेलले आइतबार शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. सुभास प्रसाद आचार्य र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. रत्नमणी गजुरेलसँग बन्द भएको बीमा सुचारु गर्न छलफल थालेका हुन्।

    images

    आजको छलफलका क्रममा स्वास्थ्य बीमाका नीतिगत सुधार, वैज्ञानिक दाबी मूल्यांकन प्रणालीको सुदृढीकरण, आपसी समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउँदै अस्पतालबाट उठाईएका बिषयहरुमा विज्ञहरूबीच थप परामर्स गरी यथासिघ्र स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा साझा प्रतिबद्धता व्यक्त भएको बीमा बोर्डले जनाएको छ।

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले माघ १ गतेबाट बीमा सेवा बन्द गरेको थियो। बक्यौता रकम भुक्तानी नभएपछि अस्पतालले बीमा सेवा बन्द गरेको बताएको छ।

    यसअघि बीमामा समस्या देखिएपछि कार्यकारी निर्देशक रहेका डा. रघु काफ्लेले बोर्डको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend