मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रियसभाको रिक्त पदमा मतदान हुँदै

राष्ट्रियसभाको रिक्त पदमा मतदान हुँदै

images
२०८२ माघ ११ गते, आइतवार
२०८२ माघ ११ गते, आइतवार
  • काठमाडौँ। राष्ट्रियसभामा रिक्त हुने १८ पदका लागि आज बिहान ९ः०० देखि मतदान सुरु भएको छ। दिउँसो ३ बजेसम्म हुने मतदानमार्फत ती १८ पदमा राष्ट्रियसभाका लागि सदस्य चुनिने छन्। २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १८ पद रिक्त हुँदैछ।

    images

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एक सदस्य निर्विरोध चयन भइसकेका छन्। आज जारी मतदान मार्फत बाँकी १७ पदका लागि सदस्य चुनिने छन्।

    images

    कोशी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन्। बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरिएको छ।

    कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको छ।

    यसैगरी गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान हुँदैछ।

    राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend