बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

केपी ओलीको स्टाटसमा बालेनको कमेन्ट : पब्लिक डिबेटमा ओलीसँग मन्च सेयर गर्दिन

केपी ओलीको स्टाटसमा बालेनको कमेन्ट : पब्लिक डिबेटमा ओलीसँग मन्च सेयर गर्दिन

images
२०८२ माघ ११ गते, आइतवार
२०८२ माघ ११ गते, आइतवार
  • काठमाडौं। आगामी निर्वाचन पछिका सम्भावित प्रधानमन्त्रीलाई सार्वजनिक बहसमा सहभागी हुन सार्वजनिक रुपमा नै आग्रह हुँदै गर्दा बालेन शाहले भने सो आग्रह अस्वीकार गरेका छन्।

    images

    प्रधानमन्त्रीका सम्भावित गगन कुमार थापा, केपी शर्मा ओली र बालेन शाहलाई सार्वजनिक बहसमा सहभागी हुन सार्वजनिक रुपमा नै आग्रह भइरहेको छ। सामाजिक संजालहरुमा यो बहसको विषय जोडतोडका साथ उठेको छ। केपी ओली बहसका लागि तयार भएको आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरिसकेका छन्। गगन यो विषयमा बोलेका छैनन् भने बालेनले केपी ओलीको फेसबुक स्टाटसमा कमेन्ट गर्दै ओलीसँग एउटै मन्च सेयर नगर्ने घोषणा नै गरेका छन्।

    images

    नेकपा एमालेका अध्यक्ष ओलीले आफू पब्लिक डिबेटका लागि तयार भएको बताइरहँदा बालेनले भने एउटै मन्चमा सहभागी नहुने प्रतिक्रिया दिएका हुन्।

    आइतबार बिहान ओलीले लेखेको फेसबुक पोस्टमा कमेन्ट गर्दै बालेनले लेखेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’

    उनले थपेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठीकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो! तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो। आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो? त्यो पछि अरू कुरा गरौँला।’

    ओलीले भने डिबेटका लागि तयार रहेको सन्देश दिएका छन्।

    उनले अगाडी लेखेका छन्, `पब्लिक डिबेटको लागि तयार छौँ, नयाँ / पुराना सबै दलहरु अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ। यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ। फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ। यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र  खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ। यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्‍यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु। चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु।  त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु।´

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend