बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

जनकपुरबाट चुनावी सभा गर्दै कांग्रेस, डीजिटल सभाको पनि तयारी हुँदै

जनकपुरबाट चुनावी सभा गर्दै कांग्रेस, डीजिटल सभाको पनि तयारी हुँदै

images
२०८२ माघ १० गते, शनिवार
२०८२ माघ १० गते, शनिवार
  • काठमाडौं। नेपाली कांग्रेसले मधेस प्रदेशको राजधानी जनकपुरबाट चुनावी सभाको सुरुवात ग्र्दैछ।

    images

    कांग्रेसले माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय सभा गरेर चुनावी अभियान सुरु गर्ने भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका हुन्। सो चुनावी सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल, गुरुरज घिमिरे लगायतले सम्बोधन गर्ने छन्।

    images

    जनकपुरमा हुने सभाका लागि केन्द्रीय तहबाट उपसभापति शर्माले संयोजन गर्ने कांग्रेसले जनाएको छ। सो सभाको आयोजना कांग्रेस मधेस प्रदेश समितिले गर्ने छ।

    यसैगरी कांग्रेसले डीजिटल रुपमा समेत यसपटक चुनावी सभा गर्ने तयारी गरिरहेको छ। ठूलो संख्यामा आम नागरिकलाई डीजिटल माध्यममा सहज पहुँच राख्ने गरेर कांग्रेसले डीजिटल सभा गर्न लागेको हो। त्यसका लागि प्रवक्ता चालिसेले समन्वय गरिरहेका छन्।

    आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। सो निर्वाचनलाई लक्षित गर्दै दलहरूले चुनाव लक्षित कार्यक्रम र मतदाता भेटघाट सुरु गरिसकेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend