बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

चुनावको मुखमा सात नेतालाई नेकपाको कार्वाही

चुनावको मुखमा सात नेतालाई नेकपाको कार्वाही

images
२०८२ माघ १० गते, शनिवार
२०८२ माघ १० गते, शनिवार
  • काठमाडौं। चुनावमा बागी उम्मेदवार बनेको भन्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सात नेतालाई कार्वाही स्वरुप पार्टीबाट निष्कासन गरेको छ।

    images

    नेकपले हरिबोल गजुरेलसहित सात नेतालाई पार्टीबाट निष्कासन गरेको हो। पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध पार्टी निर्देशन विपरीत उम्मेदवारी दिएको, प्रस्तावक तथा समर्थक बसेर सघाएको आरोपमा उनीहरुलाई कारबाही गरिएको नेकपाले जनाएको हो । 

    images

    आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरित उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका तपसिलका व्यक्तिहरूलाई पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरिएको जानकारी गराइन्छ, पार्टीबाट जारी विज्ञप्तिमा भनिएको छ। 

    कारबाहीमा पर्नेमा गजुरेलसहित, महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर),धर्मनाथ साह  (सिराहा), राजकुमारी साह (सिराहा), जिवछ साह (सिराहा) रहेका छन्। 

    दाहालले सिन्धुली २ बाट र केसीले दाङ १ बाट उम्मेदवारी दिएका थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend