बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

गगन थापाको प्रतिबद्धता : बदल्यौँ कांग्रेस, बदल्छौँ देश

गगन थापाको प्रतिबद्धता : बदल्यौँ कांग्रेस, बदल्छौँ देश

images
२०८२ माघ ९ गते, शुक्रवार
२०८२ माघ ९ गते, शुक्रवार
  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पहिलो हस्ताक्षर आफ्नो प्रतिबद्धतामा गरेका छन् ।

    images

    विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएको ८ दिनपछि पदबहाली गर्न पार्टी कार्यालय सानेपा पुगेका थापाले पहिलो हस्ताक्षर प्रतिबद्धतामा गरेका हुन् ।  

    images

    उनले पहिलो हस्ताक्षर गरेको प्रतिबद्धतामा लेखिएको छ, ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश । यही सङ्कल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दै छौँ हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति ।’

    पद बहाली भएपछि विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको बैठक पहिलो पटक पार्टी कार्यालयमा बसिरहेको छ । 

    गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा १३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend