बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कांग्रेस सभापति गगन थापा सानेपामा, पुजा पाठसहित गरे पदबहाली

कांग्रेस सभापति गगन थापा सानेपामा, पुजा पाठसहित गरे पदबहाली

images
२०८२ माघ ९ गते, शुक्रवार
२०८२ माघ ९ गते, शुक्रवार
  • काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले सानेपास्थित पार्टीको केन्द्रीय कार्यालय पुगेर पदबहाली गरेका छन्।

    images

    विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि थापा आजै पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका हुन्। त्यहाँ पुग्दा उनलाई नेताकार्यकर्ताले भब्य स्वागत गरे।
    थापाले पार्टी केन्द्रीय कार्यालय पुगेका आफ्ना सुभेच्छुकहरुलाई हात हल्लाउदै अभिवादनसमेत गरे। उनलाई उपसभापति विश्वप्रकाश शर्माले सँगै लगेर सभापतिको कुर्सीमा राखेका थिए।

    images

    सभापति थापा पार्टी कार्यालय पुग्दा ठूलो संख्यामा भेला भएका नेताकार्यकर्ताले `अबकी बार गगन सरकार´ भन्दै उनलाई स्वागत गरेका थिए।

    आजै केहीबेरमा बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकले सभापति थापालाई पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दैछ। यस्तै आजकै बैठकले निर्वाचन लक्षित विभिन्न समितिहरुसमेत बनाउने कार्यतालिका तय भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

    तस्वीरहरु:

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend