बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

images
२०८२ माघ ९ गते, शुक्रवार
२०८२ माघ ९ गते, शुक्रवार
  • काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको श्रीपञ्चमी (वसन्त पञ्चमी) को अवसरमा शुक्रबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका छन्।

    images

    सो अवसरमा हनुमानढोका हेरचाह अडडाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टिका, माला र फूलप्रसाद प्रदान गरे।

    images

    सो अवसरमा राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजा आराधना गरेका थिए भने नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो।

    सो समारोहमा प्रथम महिला सबिता पाैडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखसहित विशिष्ट महानुभावहरूको उपस्थिति थियो।

    वसन्त पञ्चमीका अवसरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिने प्रचलन छ। यस अवसरमा वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास रहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend