बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

रेशम चौधरीको उम्मेदवारी रद्द

रेशम चौधरीको उम्मेदवारी रद्द

images
२०८२ माघ ८ गते, बिहिवार
२०८२ माघ ८ गते, बिहिवार
  • काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ। 

    images

    चौधरीले प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए।

    images

    यसैगरी काठमाडौं–१० बाट मितेरी पार्टीबाट उम्मेदवार रहेकी सुमित्रा बस्नेतको उम्मेदवारी पनि खारेज भएको छ। उनको कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको उजुरी छानबिन गर्दा प्रमाणित भएपछि उम्मेदवारी खारेज भएको हो।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता लालविक्रम थापाको उम्मेदवारीविरुद्ध परेको उजुरीका सम्बन्धमा भने निर्वाचन आयोग छलफलमै छ।

    निर्वाचन आयोगमा पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो त्यसमध्ये तीन वटा उजुरी नै खारेज भइसकेको निर्वाचन आयाेगका सहप्रवक्ता कुलबहादुर जीसीले बताए।

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका रास्वपाका उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीबाट उम्मेदवार रहेकी जानुका पाठकविरूद्ध उजुरी परेको थियो। यी दुवै उजुरी खारेज भएको छ ।

    पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारी विरुद्ध पनि उम्मेदवारी परेको थियो। नेपालविरुद्धको उजुरी पनि खारेज भएको छ। नेपालले रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन्।

    सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लालबिक्रम थापाविरुद्ध परेको उजुरीउपर भने निर्वाचन आयोग छलफलमा छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend