बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कांग्रेस मुख्य सचिव पौडेलले दिए राजीनामा

कांग्रेस मुख्य सचिव पौडेलले दिए राजीनामा

images
२०८२ माघ ८ गते, बिहिवार
२०८२ माघ ८ गते, बिहिवार
  • काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन्।

    images

    निवर्तमान सभापति शेरबहादुर देउवाले पौडेललाई २०७२ सालमा पार्टी कार्यालयको मुख्यसचिव नियुक्त गरेका थिए। विशेष महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन भएसँगै उनले राजीनामा दिएका हुन्।

    images

    विशेष महाधिवेशनबाट गगन कुमार थापा सभापति निर्वाचित भएका थिए। निर्वचित भएपछि सभापति थापा पहिलोपटक भोलि शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर कार्यभार सम्हाल्ने छन् भने भोलि नै सानेपामा केन्द्रीय समिति बैठक बस्दैछ। त्यसअघि मुख्यसचिव पौडेलले राजीनामा दिएका हुन्।

    कांग्रेस प्रवक्ता देवराज चालिसेले सानेपामा बस्ने केन्द्रीय समिति बैठकले भोलि प्रतिनिधि सभाको निर्वाचन सम्बन्धि पार्टीको तयारीका लागि निर्णयहरु गर्ने जानकारी दिए।

     

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend