बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रतिनिधि सभा निर्वाचन

प्रत्यक्ष तर्फका उम्मेदवारको नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

प्रत्यक्ष तर्फका उम्मेदवारको नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

images
२०८२ माघ ८ गते, बिहिवार
२०८२ माघ ८ गते, बिहिवार
  • काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष प्रणाली तर्फका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन गर्दै छ।

    images

    निर्वाचन आयोगले हिजो बुधबार उम्मेदवारका विरुद्ध उजुरी दिन समय निर्धारण गरेको थियो। आयोगमा हिजो पाँच जना उम्मेदवारका विरुद्ध उजुरी परेको थियो। आयोगले ती उजुरी उपर छानबिन गरी आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने छ।

    images

    आयोगका अनुसार, भक्तपुर, सुनसरी, रौतहट, कैलालीबाट उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी परेको हो।

    आयोगको कार्यतालिका अनुसार आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ भने भोलि माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ।

    यसैगरी भोलि माघ ९ गते नै दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ। सोहीदिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाइएको छ।

    आयोगमा अहिलेसम्म प्राप्त जानकारी अनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी तीन हजार ४८६ को उम्मेदवारी दर्ता भएको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ।
     
    यसपटक ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० गरी जम्मा एक करोड ८९ लाख ०३ हजार ६८९ मतदाता निर्वाचनमा सहभागी हुँदैछन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend