मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

डा. संगीता कौशल मिश्रासँग विशेष अदालतले माग्यो पाँच लाख धरौटी

डा. संगीता कौशल मिश्रासँग विशेष अदालतले माग्यो पाँच लाख धरौटी

images
२०८२ माघ ७ गते, बुधवार
२०८२ माघ ७ गते, बुधवार
  • काठमाडौं। विशेष अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्व अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रासँग पाँच लाख धरौटी माग गरेको छ।

    images

    न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलालसले बुधबार डा. मिश्रासँग पाँच लाख धरौटी माग गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।

    images

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले म्यामोग्राफी मेसिन खरिदमा ठूलो अनियमितता गरेको ठहर गर्दै स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. मिश्रासहित १४ जनाविरूद्ध कात्तिक २ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

    मिश्रासहित स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा. श्रवणकुमार थापा, वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्रप्रसाद चौरसिया, विभागका निर्देशक डा. विवेकुमार लाल, तत्कालीन प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, विभागका कानुन अधिकृत सीता घिमिरे, जनस्वास्थ्य अधिकृत दीपक अधिकारीविरूद्ध मुद्दा दर्ता भएको थियो।

    उनीहरुबाट झुट्टा (बिल)बिजक तयार गरेको, गलत प्रतिवेदन र मिलेमतोका आधारमा राज्यलाई करिब १४ करोड ६ लाख ८५ हजार रूपैयाँभन्दा बढी हानी पुर्याएको अख्तियारको आरोप छ।

    आयोगले यो रकम बराबरको जरिवाना र कैद सजायको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend